कौडा खेलिरहेको अवस्थामा काठमाडौँमा १३ जना पक्राउ

काठमाडौँ - काठमाडौँ महानगरपालिका-६ रामहिटीस्थित एक घरबाट कौडा खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ। प्रेमबहादुर भण्डारीको घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

उक्त घरको तेस्रो तलामा जुवातास खेलाइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट नगद ३ लाख ९७ हजार रुपैयाँ र १९ थान कौडासमेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ। 

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×