स्याङजा - नवौं राष्ट्रिय खेलकुदको महिला फुटबलमा एपीएफले सहज जित निकालेको छ। वालिङमा शुक्रबार भएको खेलमा एपीएफले प्रदेश १ लाई ७-१ को फराकिलो गोलअन्तरले पराजित गरेको हो।
एपीएफको जितमा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले ६ गोल र अनिता केसीले १ गोल गरेका थिए।
साम्बाले पहिलो हाफका ३ र दोस्रो हाफमा ३ गोल गरेकी थिइन्।