एक गाग्री पानी भर्न एक घण्टा

काठमाडौँ - घोराही उपमहानगरपालिका–१९ खोलीगाउँका महिलालाई दैनिक पानीको जोहो गर्नुपर्ने बाध्यता छ। एक गाग्री पानी लिन हरेक दिन उकालो–ओरालो झर्नुपर्ने बाध्यताका कारण उनीहरुको बिहानभरको समय त्यतै बित्ने गरेको छ।

एउटै मुहानको पानी प्रयोग गर्ने ३१ परिवार छन्। घोराही बजारबाट बढीमा नौ किलोमिटरको दूरीमा रहेको विकट क्षेत्र खोलीगाउँ पानी नपाएर छट्पटिएको छ। सहजरूपमा पानी पाउन सकिँदैन। “सानो धारो आउँछ, दुई दिनमा एक दिनमात्रै पानी आउँछ। एक दिन पानीको जोहो गर्न सकिएन भने खानेपानीको समस्या हुन्छ”, खोलीगाँउकी लक्ष्मी घर्तीले भनिन्।

पानी नुहँदा बालबालिकाले नुहाउन पाएका छैनन्, सरसफाइमा  पनि बाधा पुगेको छ। गाईवस्तुलाई खुवाउनु र तरकारी खेती गर्नु परको कुरा भएको छ। व्यवस्था फेरिए पनि अवस्था फेरिएको छैन। गाउँवासीले डोकोमा एक घण्टा ठाडो उकालोबाट पानी बोकेरै दैनिक गजारा चलाउनु परेको उनले बताइन्।सिमको सङ्कलित पानीले यहाँका गाउँलेले दैनिक गुजारा गर्दै आएका छन्।

एक गाग्री पानी भर्न एक घण्टा लाग्छ। त्यहाँ खानेपानी, बिजुली, विद्यालय, स्वास्थ्य सेवा र सहज बाटोघाटो  पनि छैन। “गाउँमा विद्यालय छैन, बालबालिकालाई सहजरूपमा विद्यालय पठाउन कठिन छ”, स्थानीय विपना पुन मगरले भनिन्। पानी आाउन छाड्यो भने मुहानसम्म पुग्नै एक दिन लाग्छ। जसोतसो ल्याएको पानी मुस्किलले तीन घण्टा आउँछ  तर त्यो पानी पनि आलोपालो भर्नुपर्ने बाध्यता छ।

स्थानीय महिलाहरूले ठाडो उकालो, पिठ्युँमा डोको, डोकोमा गाग्रीभरि पानी, पानीमाथि पनि बच्चा बोकेर दैनिक गुजारा गर्दै आएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×