स्थानीय चुनावको प्रक्रिया शुरू गर्न जनप्रतिनिधिको माग

काठमाडौँ । स्थानीय जनप्रतिनिधिका तीन वटा संस्थाले तत्काल स्थानीय चुनावको प्रक्रिया शुरु गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरी सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । 

विज्ञप्तिमा भनिएको छ, "स्थानीय सरकारका हामी सबै जनप्रतिनिधिहरू समयमा नै आवधिक निर्वाचन सम्पन्न होस् र एक दिन पनि स्थानीय सरकार जनप्रतिनिधिविहीन नहोस् भन्ने चाहन्छौं।" गाउँपालिका महाहसंघका अध्यक्ष होमनारायण श्रेष्ठ, नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठ र समन्व समिति महासंघका अध्यक्ष नवराज गेलालले विज्ञप्ति मार्फत संविधानको कार्यान्वयन र संघीयताको संस्थागत विकासका लागि तोकिएको समयमा नै आवधिक निर्वाचन गर्नुको बिकल्प नभएकाले निर्वाचनको वातावरण सिर्जना गर्न निर्वाचन आयोग र सबै राजनीतिक दलहरूको समेत गम्भिर ध्यानाकर्षण गराएका छन् । 

उनीहरुले समय घर्किँदै गएको जनाउँदै तत्काल चुनावको मिति घोषणा गरि निर्वाचन प्रक्रियालाई अघि बढाउन सरकारलाई आग्रह गरेका छन् । "निर्वाचन सम्पन्न गर्न निवाृचन आयोगले कम्तिमा १२० दिनको समय चाहिने बताइरहेको सन्दर्भमा तत्काल निर्वाचन मिति घोषणा गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछौं।", उनीहरुले विज्ञप्तिमा भनेका छन् ।


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×