काठमाडौँ - विश्वचर्चित अमेरिकी गायिका टेलर स्वीफ्टमाथि एक मिलियन डलर बराबरको क्षतिपूर्ति माग गर्दै गीत चोरीको मुद्दा दायर भएको छ।
सन् २०१९ मा रिलिज भएको स्वीफ्टको एल्बम ‘लभर’का कतिपय गीत आफ्नो रचनाबाट चोरिएको भन्दै एक लेखिकाले मुद्दा दायर गरेकी हुन्। सन् २०१० मा प्रकाशित पुस्तक ‘लभर’बाट शब्द चोरिएको उनको आरोप छ।
यतिबेला उनले अर्को एक मुद्दाको पनि सामना गरिरहेकी छिन्। यो मुद्दामा स्वीफ्टको सन् २०१४ को हिट गीत ‘सेक इट अफ’ पनि समावेश छ। यो गीत अमेरिकी गल्र्स ब्यान्ड थ्रीएलडब्लुको गीत प्लेइज प्ले गनबाट चोरी गरिएको आरोप छ। तर पनि टेलरले गीत चोरीको आरोपलाई अस्वीकार गरेकी छिन्।
पेज सिक्स म्यागजिनका अनुसार यतिबेला भने गायिका टेलरलाई तेरेसा ला डार्ट नामक एक लेखिकाले एक मिलियन डलर क्षतिपूर्तिसहित मुद्दा हालेकी हुन्। गत अगस्ट २३ मा उनले अमेरिकाको टिनिसस्थित एक अदालतमा मुद्दा दायर गरेको जनाइएको छ।