निजामती कर्मचारी युनियन ओखलढुंगाको अध्यक्षमा विवेक तामाङ चयन

ओखलढुंगा । नेपाल निजामती कर्मचारी युनियन ओखलढुंगाको अध्यक्षमा विवेक तामाङ चयन हुनुभएकाे छ । युनियनको आज (शनिवार) सम्पन्न आठौँ जिल्ला अधिवेशनले तामाङलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

युनियनको १७ सदस्सीय जिल्ला कार्य समितिको खुल्ला उपाध्यक्षमा पुस्पराज पन्त, महिला उपाध्यक्षमा मेनुका खड्का र जनजाति महिला उपाध्यक्षतर्फ कोपिला प्रधान चयन भएका छन् ।

त्यस्तै, सचिवमा सुमन पोखरेल, सहसचिव लालबहादुर सुनुवार र कोषाध्यक्षमा वीरेन्द्र तामाङ चयन भएको युनियनका पूर्व अध्यक्ष टीका बानियाँले जानकारी दिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×