मोरिससविरुद्ध नेपाललाई १-० अग्रता

काठमाडौँ। मोरिससविरुद्ध अहिले भइरहेको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपालले १-० गोलको अग्रता बनाएको छ। दशरथ रंगशालामा भइरहेको खेलमा नेपाललाई सुजल श्रेष्ठले अग्रता दिलाएका हुन्। कर्नर प्रहारबाट आएको बलमा सिक्स यार्ड सर्कलभित्र रहेका सुजलले गोल गरेका थिए।

एक मिनेटलगत्तै मोरिससले पेनाल्टी प्रहारको अवसर पाएपनि नेपाली टोलीका कप्तानसमेत रहेका गोलरक्षक किरणकुमार चेम्जोङले बिफल बनाए।उनल‍े डाइभ गर्दै बल रोकेका थिए। मोरिससका ३४ वर्षीय स्ट्राइकर एन्डी सोफीले गोल गर्न सकेनन्। सन् २००७ देखि सिनियर राष्ट्रिय टोलीमा रहेका सोफीले हालसम्म ७ अन्तर्राष्ट्रिय गोल गरेका छन्।

यता सुजलले ६ वर्षपछि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा गोल गरेका हुन्। यसअघि सन् २०१६ मा आयोजित सोलिडारिटी कपमा उनले मकाउविरुद्ध अन्तर्राष्ट्रिय गोल गरेका थिए ।फाइनलमा सुजलले मकाउविरुद्ध गरेको एकमात्र गोलमा नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो। यसअघि पहिलो खेलमा नेपाली टोली १-० गोलले विजयी भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×