मन्त्री आलेसहित उनका सचिवमासमेत कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

आज सोमबार गरिएको कोरोना परीक्षणकाक्रममा मन्त्री आले सङ्क्रमित भएको पुष्टि भएको उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार मन्त्री आलेसहित उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको हो। हाल दुवैजना निवासमै आइसोलेशनमा रहेका छन्।

सचिवालयले मन्त्री आले र स्वकीय सचिव रेग्मीको सम्पर्कमा आएका अन्य सबैजनालाई समेत सतर्कता अपनाउन र कोरोना जाँच गर्न आग्रह गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×