आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ । देशका बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (शनिबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने मौसमविदले जनाएका छन् । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित दिउँसो हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×