जसपाकी सांसद गुरुङ र पूर्व एआइजी श्रेष्ठ राप्रपामा प्रवेश

काठमाडौँ - जनता समाजवादी पार्टीकी नेतृ तथा संघीय सांसद रेणुका गुरुङ र पूर्व एआइजी ठाकुरमोहन श्रेष्ठ राप्रपामा प्रवेश गरेका छन्। पार्टीको केन्द्रीय कार्यालयमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरु राप्रपामा प्रवेश गरेका हुन्।

जसपाका केन्द्रीय सदस्य एवम् पूर्व राज्यमन्त्री समेत रहेकी गुरूङ, सशस्त्र प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक श्रेष्ठ, एकीकृत राष्ट्रिय शक्ति नेपालकी केन्द्रीय सदस्य तथा महिला संगठनकी अध्यक्ष अन्जु सुवेदी लगायत राप्रपामा प्रवेश गरेका हुन्।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशीहरुलाई पार्टीको सदस्यता प्रदान गरेका थिए। पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले समाजका प्रतिष्ठित व्यक्तिहरुको प्रवेश र विश्वासले राप्रपा जनताबीच लोकप्रिय बन्दै गएको पुष्टि भएको बताए।  

आफ्नै जीवनकालमा देश बनेको देख्न चाहनेहरुले आगामी निर्वाचनमा राप्रपालाई मत दिनुपर्ने बताउँदै लिङ्देनले राप्रपा असफल हुँदा परिवर्तन र विकास चाहनेहरुलाई धोका हुने दाबी समेत गरे।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×