यूएईको सारजाहबाट काठमाडौं अवतरण गरेको एयर अरेबियाको विमानको शौचालयमा एक नवजात शिशु मृत अवस्थामा भेटिएको छ ।
एयर अरेबियाको जी ९५३६ नम्बरको विमान सारजाह विमानस्थलबाट त्रिभुवन विमानस्थलमा बुधबार बिहान ९ बजेर १० मिनेटमा अवतरण गरेको थियाे । साेहि विमानको शौचालयमा नवजात शिशु भेटिएकाे हाे । ९ महिना नपुगेर उक्त शिशु जन्मिए पश्चात मृत्यु भएकाे देखिन्छ ।
मृत शिशु भेटिएपछि प्रहरीले अनुसन्धानका क्रममा एक महिला यात्रुलाई पक्राउ गरेकाे छ । ती महिला शिशुकी आमा भएकाे भेटिएपछि उनलाई उपचारका लागि सिनामंगलस्थित काठमाडाैं मेडिकल कलेज लगिएको छ । हालसम्म ती महिला कुन देशबाट नेपाल आएको भन्ने विषयमा अनुसन्धान भइरहेकाे छ ।