हेनुहोस्, आजको मौसम

काठमाडौं - नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।

देशका पहाडी भूभागका एक–दुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले आज बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×