"उज्यालो नेपाल पार्टी घोषणा सभामा पूर्वसांसद सुमना श्रेष्ठ उपस्थित"

काठमाडौँ । आज प्रज्ञा भवनमा आयोजित उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा कार्यक्रममा पूर्वसांसद सुमना श्रेष्ठ पनि उपस्थित रहेकी छन्।

कार्यक्रममा पार्टीका संयोजक मन्त्री कुलमान घिसिङको उपस्थितिमा सभामा नेतृत्वका पदाधिकारी तथा समर्थकहरू उपस्थित थिए। सुमना श्रेष्ठ मञ्चमा मन्त्री घिसिङसँगै देखिएकी छन्।

हालसम्म स्पष्ट भएको छैन कि सुमना उज्यालो नेपाल पार्टीसँग आबद्ध भएकी छन् वा केवल शुभकामना दिन कार्यक्रममा सहभागी भएकी हुन्। उनले केही समयअघि पार्टी गठन प्रक्रियामा घिसिङसँगै काम गरेकी थिइन्, तर पछिल्लो समयमा घिसिङलाई मात्र समर्थन गर्दै शुभकामना दिएकी बताइएको छ।

पार्टी घोषणासँगै उज्यालो नेपालले आगामी राजनीतिक क्रियाकलाप र संगठन विस्तारतर्फ ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×