बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते

झापा । झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

बुधबार बेलुका ८ बजे झापाको कन्काई नगरपालिका-३ सुरूंगास्थित विर्तामोडबाट झिलझिले जाँदै गरेको रा १ प ६३०० नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-७ का ३८ वर्षीय तेजमणि खरेल गम्भीर घाइते भएका थिए।

उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेज पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी कृष्ण चन्दले जानकारी दिए।

सो दुर्घटनामा मेचीनगर नगरपालिका १० का २९ वर्षीय प्रशन्न दनुवार गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल खरेलले चलाएको र दनुवार पछाडि बसेका व्यक्ति भएको प्रहरीले जनाएको छ । अनुहार लगायत शरीर विभिन्न भागमा गहिरो चोट लागेका द्नुवारको विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×