काठमाडौँ l आसिफ शाह र वर्षा राउत मुख्य भूमिकामा रहने ड्रामा सिरिज `किन मायामा´ निर्माण हुने भएको छ। कान्तिपुर टिभी एचडीबाट प्रसारणमा आउने सिरिज जी टु वान डिजिटलले निर्माण गर्न लागेको हो l अशिम शाहको निर्देशनमा बन्ने सिरिजको लागि औपचारिक सम्झौता समेत भइसकेको छ l यो कुराको जानकारी आसिफ शाहले आफ्नो सामाजिक सञ्जालमार्फत दिएका छन् l