कोस्टारिका विश्वकपमा छनोट हुने अन्तिम टिम

काठमाडौँ - उत्तर अमेरिकी राष्ट्र कोस्टारिका कतार विश्वकपमा छनोट हुने अन्तिम राष्ट्र  बनेको छ। कोस्टारिकाले गएराति सम्पन्न अन्तर महादेशीय प्ले अफमा न्युजिल्याण्डलाई १-० ले हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेको हो।

कतारको अहमद बिन अली स्टेडियममा खेलको तेस्रो मिनेटमै  जोएल क्याम्पबेलले गरेको एक मात्र गोल निर्णायक गोल बन्दै कोस्टारिकालाई विश्वकपमा पुर्याउन पर्याप्त बन्यो।

क्याम्पबेलले जेविसन बेनेटको पासलाई सदुपयोग गरेका थिए। यो जितसँगै कोस्टारिका लगातार तेस्रो  तथा समग्रमा छैटौंपटक विश्वकपका लागि छनोट भएको हो। कोस्टारिकाले यसअघि  १९९०, २००२, २००६, २०१४ र २०१८ को विश्वकप खेलेको थियो।   

अब कोस्टारिकाले विश्वकपको समूह ‘इ’ मा रहेर स्पेन, जर्मनी र जापानसँग प्रतिस्पर्धा गर्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×