नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्ड र सञ्चारमन्त्री जगदीश खरेलबीच शुक्रबार खुमलटारमा भेटवार्ता भएको छ।
भेटमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
त्यसैगरी, सञ्चारमन्त्री खरेलले आजै कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन्।