शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं - उच्च अदालत पाटनले पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

आज (शुक्रबार) अदालतले उनलाई १० लाख रुपैयाँ धरौटीमा उनलाई छाड्न आदेश भएको हो । सहप्रतिवादी र प्रतिवादीले उनलाई पोल गरेको नदेखिएको र केसीले इन्कारी बयान दिएको भन्दै उनलाई छाड्ने आदेश भएको हो ।

‘प्रमाणबाट ठगीको रकम प्राप्त हुन नसकेको अवस्था देखिएकाले पुर्पक्षका लागि थुनामा राख्ने आदेश बेरितको देखिएको’ आदेशमा उल्लेख छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा केसी २७ वैशाखमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै पक्राउ परेका थिए । उनीसहित १६ जनालाई १ असारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । त्यसपछि केन्द्रीय कारागार सुन्धारामा थिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×