'कबड्डी ४ -द फाइनल म्याच'को टिजर हेर्नुहोस्

काठमाडौँ। नेपाली चलचित्र ‘कबड्‌डी’ को चौथो तथा अन्तिम सिक्वल ‘कबड्‌डी ४’को टिजर सार्वजनिक गरिएको छ। चलचित्रमा दयाहाङ राई र मिरुना मगरसँगै सौगात मल्ल पनि रहने बुझिएको छ। 'कबड्डी ४ -द फाइनल म्याच' शिर्षक राखिएको चलचित्रको प्रदर्शन मिती पनि घोषणा गरिएको छ। चलचित्र आउँदो वर्ष वैशाख २३ गते प्रदर्शनमा आउनेछ। बाँसुरी फिल्म्सको ब्यानरमा बनेको चलचित्रमा विजय बराल, बुद्धि तामाङ, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामाको पनि अभिनय रहेको छ। रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रका निर्माता मणिराम पोखरेल रहेका छन्। चलचित्र अघिल्ला सिक्वलमा जस्तै मुस्ताङ आसपासमा छायांकन गरिएको छ।
टिजर हेर्नुहोस्:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×