काठमाडौँ - नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको ११औँ संस्करण कात्तिक १२ गतेदेखि सुरू हुने भएको छ। नेपालमा रहेको युरोपियन युनियनको प्रतिनिधिमण्डलकी उप-प्रमुख जोयेले हिभोनेटले यसवर्ष १३ युरोपेली र ३ नेपाली चलचित्र देखाइने जानकारी दिएकी छिन्।
महोत्सव कात्तिक ११ देखि १५ सम्म काठमाडौँकाे चलचित्र विकास बोर्डको सभाहल र १९ देखि २२ सम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना हुनेछ। त्यहाँ ५ युरोपेली र ३ नेपाली चलचित्र प्रदर्शन गरिनेछ।
महोत्सवमा रीता हुतानेन निर्देशित ‘गड्स अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कार निर्देशित ‘लोला’ र आराश टी रिहाहीले निर्देशन गरेको ‘अस्कर एण्ड लिली’ नेपाली सबटाइटलमा प्रदर्शन हुनेछ। महोत्सवमा सुजित बिडारीद्वारा निर्देशित ‘ऐना झ्यालको पुतली’, किरण श्रेष्ठ निर्देशित ‘येट अनदर विन्टर’ र विशाल रोक्का मगरले निर्देशन गर्नुभएको ‘गोर्खा गर्लस’ प्रदर्शन गरिनेछ।
चलचित्र निर्माणको विभिन्न पक्षसँग समबन्धित तीन पूरक क्रियाकलाप तथा अन्तरक्रिया हुने महोत्सवको सद्भावनादूत अभिनेत्री केकी अधिकारीले जानकारी दिइन्। महोत्सव अन्तर्गत प्रदर्शन हुने चलचित्रहरू वेबसाइटमार्फत निःशुल्क हेर्न पाइने आयोजकले जनाएको छ।