काठमाडौँ । स्वतन्त्र कानुन व्यवसायीहरुले नेपाल बारको आन्दोलन विरुद्ध गरेको विरोध प्रदर्शनमा आज उनीहरुले नयाँबानेश्वरदेखि माइतीघर मण्डलासम्म मार्च पास गरे ।
मार्च पास पश्चात उनीहरुले नेपाल बार एशोसिएसनलाई आज ज्ञापन पत्र बुझाउन जाने भएका छन् । उनीहरुले न्यायापालिकामा भइरहेको गतिरोध अन्त्यको निकासको माग सहित ज्ञापन पत्र बुझाउन लागेका हुन् । सेवाग्राहीको न्याय पाउने मौलिक अधिकार वञ्चित नगर्न र सकेसम्म छिटो अदालतका कामकारवाही सुचारु गर्न माग गर्दै आफ्नो ज्ञापन पत्र बुझाउने बताइएको छ । प्राप्त जानकारी अनुसार उनीहरुले उक्त ज्ञापन पत्र नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई बुझाउने छन् ।