पशुपति शर्माको ‘मिथ्या सूचनाबाट बचौं साथी हो’ बोलको गीत सार्वजनिक

काठमाडौँ - चर्चित लोकगायक पशुपति शर्माले सामाजिक सञ्जालमा आउने मिथ्या सूचनाबाट जोगिन आग्रह गर्दै सन्देशमूलक गीत सार्वजनिक गरेका छन्। केही हप्ताअघि सार्वजनिक ‘आफ्नो आफ्नो दुःख’ चर्चामा ररिरहेको अवस्थामा शर्माले ‘मिथ्या सूचनाबाट बचौं साथी हो’ बोलको गीत ल्याएका हुन्।

सेन्टर फर मिडिया रिसर्च नेपालको सहकार्यमा पशुपतिले यस गीत तयार पारेका हुन्। गीतमा गायक शर्मा स्वयंको शब्द, संगीत र स्वर रहेको छ। फेसबूक, यूट्युब, ट्विटरतिर आउने कतिपय सूचना गलत समेत हुने गरेको भन्दै त्यस्ता सूचनाबाट जोगिन गीतमा आग्रह गरिएको छ।

निर्वाचनको समयमा पनि केही मिथ्या सूचना आउन सक्ने भन्दै त्यस्ता सूचनाहरूबाट सचेत हुन जरुरी रहेको गीतमा भनिएको छ। भिडियोमा केही गलत सूचना/समाचारका स्क्रिनसट समावेश गरिएको छ। साथमा पशुपतिले गाउँदै गरेको दृश्य भिडियोमा समावेश छ।

पशुपतिले आफ्नै अफिसियल यूट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन्। गीतले यूट्युबमा राम्रो भ्युज पाउँदै गएको छ भने अधिकांशले शर्माको खुलेर प्रशंसा गरेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×