पाल्पा - वैदेशिक रोजगारीमा रहेका युवाको सहयोगमा रामपुर बजारमा सडक बत्ती जडान गरिएको छ। रामपुर ३ जाल्पेमा जनज्योति युवा क्लबको पहलमा वैदेशिक रोजगारीमा रहेका युवाबाट सङ्कलित रकमबाट सडक बत्ती जडान गरिएको हो।
रामपुर बजारको गण्डकी ढिक, बोटेगाउँ, जाल्पे, घट्टार, निस्दीखोला, अधेरीखोलामा गरी ३८ वटा पोलमा बत्ती जडान गरिएको हो। युवाको पहलमा सडक बत्ती जडान हुनु ज्यादै खुसीको कुरा भएको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताए।
सडकमा बत्ती जडान भएपछि दुर्घटना न्यूनीकरण गर्न र आपराधिक घटनामा कमी आउने उहाँले विश्वास गरे। विदेशमा युवाले आफ्नो गाँस कटाएर स्वदेशको विकास निर्माणमा सहकार्य गरेकोमा नगर प्रमुख थापाले धन्यवाद दिएका छन्।