काठमाडौँ - केजीएफका निर्माता विजय किरागन्दुरले युटर्न लिएका छन्। केहीदिन अघि उनले आफ्नो बल्कबस्टर चलचित्र ‘केजीएफ’ को च्याप्टर–३ पनि चाँडै नै सुरु गर्ने घोषणा गरेका हुन्। उनले ‘च्याप्टर–३’ २०२२ कै अक्टोबर–नोभेम्बरदेखि सुरु गर्ने र अर्को वर्ष रिलिज गर्ने घोषणा गरेका थिए।
तर, त्यसको एकदुई दिनभित्रै उनले युटर्न लिएका छन्। उनले विज्ञप्ति जारी गर्दै ‘केजीएफ च्याप्टर–३’ तत्काल सुरु गर्ने कुनै योजना नभएको बताएका छन्।
केजीएफ च्याप्टर–२ का कार्यकारी निर्माता कात्र्तिक ग्वाडाले ट्विट गर्दै लेख्छन्, “समाचारमा आएका कुराहरु सबै भ्रम हुन्। थुप्रै एक्साइटिङ प्राजेक्टहरू हाम्रो अघि बाँकी रहेकाले हामी केजीएफ च्याप्टर–३ अहिले नै सुरु गर्ने योजनामा छैनौं। हामीले यसको काम सुरु गर्ने भएसँगै तपाईंहरूलाई जानकारी दिने छौं।”