आजको मौसम पूर्वानुमान

काठमाडौँ - हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

सोमबार देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र  मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

मंगलबार पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×