काठमाडौँ। अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको अभिनय रहेको चलचित्र 'म यस्तो गीत गाउँछु २' फाल्गुन १३ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्देशक सुदर्शन थापाले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएका हुन्। चलचित्रको नयाँ प्रदर्शन मिती चौथो पटक सार्वजनिक गरिएको हो।
निर्देशक थापा र अभिनेत्री पूजाले निर्माण गरेको चलचित्रमा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय आदि कलाकारहरुको अभिनय रहेको छ। चलचित्रमा शिवं अधिकारी र दिनेश न्यौपानेको कथा रहेको छ भने बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र अर्जुन पोखरेलको सङ्गीत रहेको छ।