न्युरोडलाई ‘नो भेहिकल जोन’ बनाउन लागेपछि स्थानीयको विरोध प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउन लागेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । न्युरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउने महानगरको योजनाको विरोधमा बुधबार बिहान स्थानीय तथा व्यापारीहरूले प्रदर्शन गरेका हुन् ।

काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र न्युरोड क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना हालै आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको थियो । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको थियो ।

काठमाडौँ महानगरपालिकाले आम नागरिकको सहज आवागमन, सहरी सौन्दर्यीकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित योजना बनाएको भए पनि यसको विरोध भएको हो । महानगरले सवारी निषेधित क्षेत्र बनाउने योजना अन्तर्गत नै पहिलो चरणमा नयाँ सडकको पार्किङ हटाएको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×