दिनेशराज पुरीको शब्दमा म्युजिक भिडियो 'पाटको नेती काठैको मदानी' सार्वजनिक

काठमाडौँ - गायिका अमृता लामिछानेको प्रस्तुती तथा दि डिभाइन म्युजिक र नेप्सिनेको सहकार्यमा बनेको म्युजिक भिडियो “पाटको नेती काठैको मदानी” सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा भिडियो सार्वजनिक भएको हो।

दिनेशराज पुरीको शब्द रचना रहेको यस गीतमा अर्जुन पोखरेलले स्वर तथा संगीत दिएका छन् भने उनको साथमा गायिका अमृता लामिछानेको स्वर रहेको छ। विधान कार्की निर्देशित भिडियोमा कलाकारहरु चक्र बम, उषा उप्रेती, सुधिर श्रेष्ठ र बिना राउतले अभिनय रहेको छ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै गायक तथा संगीतकार पोखरेलले निर्देशक कार्कीले बनाएका यसअघिका आफ्ना ‘नबोली नबोली’ लगायतका अन्य गीतहरु सुपरहिट रहिसकेको स्मरण गर्दै यो गीतले पनि त्यस्तै सफलता पाउने बिश्वास व्यक्त गरेका छन्।

भिडियो निर्देशक कार्कीले दशैँको शुभकामना स्वरुप यो गीत सार्वजनिक गरेको बताएका छन्। भिडियोका कोरियोग्राफर दिपक एम. सिंह हुन् भने भिडियोमा अशिम रानाभाटको कस्ट्युम डिजाईन र दिपेन गौतमको प्रोडक्शन डिजाईन रहेको छ।

दिपेन्द्र कार्की पिआर म्यानेजर रहेका छन् भने मनिषा पोखरेल कला निर्देशक हुन्। भिडियोमा केशव पाण्डेको स्टिल फोटोग्राफी, हरि हुमागाईंको छायांकन, बिकास दाहालको सम्पादन रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×