नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशबाट टेबल टेनिस खेलाडी छनोट

काठमाडौँ - गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशबाट सहभागी हुने टेबल टेनिस खेलाडी छनोट भएका छन्।

पुरुष-महिलामा समान ५-५ गरी १० खेलाडी छनोट भएको काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका प्राविधिक उपसमितिका संयोजक धर्ममान वज्राचार्यले जानकारी गराएका छन्।

पुरुषमा सुनिल महर्जन, रितिज जोशी, एलेक्स महर्जन, चन्दन शाही र कुशल न्याछो छनोट भएका छन्। काठमाडौंका चन्दन बाहेक सबै ललितपुरका हुन्।

महिलामा अन्जु सुवाल, दिया देउला, क्यारिना सुवाल, अनामिका कस्ती र रोनिशा महर्जन छानिएका छन्। रोनिशा ललितपुर तथा बाँकी भक्तपुरका हुन्। नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×