काठमाडौं - काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१२ कपन डेरा गरी बस्ने नुवाकोट सिनिफेद गाउँपालिका–७ घर भएकी कविता दाहालको फ्रिजमाथि बालेको दियोबाट शनिबार बिहान आगलागी हुँदा फ्रिज, डाईनिङ् टेबल कुर्सी, ढोका किचनर्यापक र लताकपडा समेत गरी करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रूकुम पूर्वको भुमे गाउँपालिका–९ खाललरेमारे बस्ने ६२ वर्षीय आश बहादुर बुढाको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा घर, लत्ताकपडा, भाडावर्तन, अन्नपात, सुन–चाँदीका गरगहना र नगद १ लाख २५ हजार रूपैयाँ गरी करिब २९ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका–४ मंगलबारे बस्ने जेठा भन्ने कुमार तामाङको गाई गोठमा खोले पकाउने क्रममा शुक्रबार बेलुकी आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।