काठमाडौँ - डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड आउन सहमत भएका छन्।
प्रिमियर लिग क्लब ब्रेन्टफोर्डका एरिक्सन फ्री ट्रान्सफरमा युनाइटेड आउन सैद्दान्तिक रुपमा सहमत भएको बीबीसीले जनाएको छ।
युनाइटेडले एरिक्सनसँग ३ वर्षको सम्झौता गर्ने तयारी गरेको बताइएको छ। ब्रेन्टफोर्डसँग एरिक्सनको सम्झौता जुनको अन्तिमबाट सकिएको थियो।