काठमाडाैँ - इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा पञ्जाव किंग्सले छैटौं जित दर्ता गरेको छ। आज भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि पञ्जावले ५४ रनको जित दर्ता गरेपछि प्ले अफ पुग्ने चौथो टिमको होड अझैं रोमाञ्चक बनेको छ।
जारी प्रतियोगितामा बैंग्लोरले १३ खेलबाट १४ अंक चौथो स्थानमा रहेको छ। आज खेलमा जित निकालेको भए तेस्रो स्थानमा उक्लदै प्लेअफ पुग्ने टिम हुने थियो।
तर पञ्जाबले जित निकाल्दै १२ खेलबाट १२ अंक जोड्दै छैटौं स्थानमा उक्लिएपछि उसको पनि अन्तिम चारमा पुग्ने सम्भावना कायमै रहेको छ। समान १२ अंक रहेको दिल्ली क्यापिटल्स पाँचौं स्थानमा रहेको छ।