शान्ति बहालीको प्रार्थना गर्दै राष्ट्रपतीय निर्वाचनमा केन्याली मतदाता

काठमाडौँ - देशमा स्थायीरूपमा शान्ति बहाल होस् भन्ने कामनाका साथ प्रार्थना गर्दै केन्यालीहरू राष्ट्रपतीय निर्वाचनमा सहभागी भएका छन्।

भ्रष्टाचारमुक्त प्रशासन, आर्थिक उन्नयन र जातीय तनावबाट देशलाई मुक्त गर्ने नेतृत्व चाहेका उनीहरू मतदान गर्न लामबद्ध भएका छन्। गाँजालाई वैधानिकता प्रदान गर्नुपर्ने विषय उठाइरहेका राष्ट्रपति पदका उम्मेद्वार जर्ज वाजाकोया, लोकतान्त्रिक पद्धतिका पक्षधर रैला ओडिङ्गा र राजनीतिसँग बाल्यकालदेखि अभ्यस्त रहेका विलियम रुटोबीच प्रतिस्पर्धा हुँदैछ।

इथियोपिया र सोमालियाजस्ता समस्याग्रस्त छिमेकीका कारण बेलाबखत हिंसाको दुश्चक्रमा फसेको केन्यालाई लोकतान्त्रिक प्रणाली भएको मुलुक मानिए पनि केही नेताहरूको दशकौंसम्म सत्तामा रहिरहने लिप्साका कारण विदेशी लगानीकर्ताहरू केन्याको राजनीतिक स्थायित्वलाई अधिक चासो र महत्वका साथ नियालीरहेका छन्।

सयौँ मतदाता केही मतदानकेन्द्रमा मतदान सुरु हुनुअगावै लामबद्ध भएका छन्। उनीहरूलाई स्वयंसेवकहरूको सघाइरहेका छन्। केही स्थानमा विद्युतीय मतदान प्रणालीमा उत्पन्न समस्याबारे विवरणहरू सार्वजनिक भएका छन्। केन्याका जनताले लोकतान्त्रिक परिवर्तनको पक्षमा मतमार्फत चर्को स्वरमा बोल्ने उम्मेदवारहरूले बताएका छन्।

असमानता, राज्यकोषबाट हुने अनियन्त्रित खर्च, खाद्यान्न र इन्धनको बढ्दो मूल्य, बेरोजगार युवाको जमात, भ्रष्टाचार नियन्त्रण र आर्थिक मुद्दालाई सम्बोधन गर्ने उम्मेदवारहरूका चुनावी प्रतिबद्धताप्रति मतदाता खासै आकर्षित भएका छैनन्।

विकल्पविहीन मतदाता निर्वाचनप्रति त्यति उत्साहित छैनन् भने बुढा र अनुभवहीन उम्मेदवारलाई मतदान गर्नु आफ्नो बाध्यता भएको केही मतदाताले बताएका छन्। यद्यपि उनीहरूले शान्तिपूर्णरूपमा मतदान हुने विश्वास गरेका छन्। यो समाचार तयार पारिरहँदा हिंसाका घटना भएका छैनन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×