एजेन्सी- भारतमा प्रधानमन्त्री आवास योजना अन्तर्गत नयाँ आर्थिक बर्षमा ८० लाख घर बनाइने घोषणा गरिएको छ। अर्थमन्त्री निर्मला सितारमणले मंगलबार प्रस्तुत गरेको नयाँ आर्थिक बर्षको बजेटमा ८० लाख घर बनाइने उल्लेख गरिएको हो।
प्रधानमन्त्री आवास योजनाका लक्षित व्यक्तिहरुको पहिचान गरी उनीहरु लाभान्वित हुनेगरी घर हस्तान्तरण गरिने उनले जानकारी दिइन्। यस्ता घर ग्रामिण तथा सहरी दुवै क्षेत्रमा निर्माण गरिने बजेट भाषणमा उल्लेख छ।
ती घर निर्माणका लागि अर्थमन्त्री सितारमणले ४८ हजार करोड बजेट छुट्याएको जानकारी दिइन्।