काठमाडौँ। गायन रियालिटी शो 'द भ्वाइस किड्स'बाट चर्चा कमाएका बालगायक सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको आवाजमा सजिएको नयाँ लोकदोहोरि गीत सार्वजनिक भएको छ। गीतमा शरद पाण्डेको शब्द रहेको छ भने बिक्रम परियारको संगीत र सुनिल परियारको संयोजन रहेको छ।
प्रविन थापाको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'बाबा इन्टरटेनमेन्ट टिभि'बाट सार्वजनिक गरिएको हो।
भिडियो: