भारत l बलिउड अभिनेत्री सोनाक्षी सिन्हाविरुद्ध अदालतले वारेन्ट जारी गरेको छ। पारिश्रमिक लिएर कार्यक्रममा उपस्थित नभएका कारण उनी अदालतसम्म तानिएकी हुन्। सन् २०१९ फेब्रुअरीमा यसबारे एफआईआर दर्ता गरिएको थियो। अहिले सोही एफआईआरलाई पुन: मध्य नजर गर्दै उनलाई उत्तर प्रदेशको मुरादाबादको एसिजेएम अदालतले वारेन्ट जारी गरेको बताईएको छ l सोनाक्षीलाई २५ अप्रिलमा अदालतमा पेस हुन अदालतले आदेश दिएको छ।
३० सेप्टेम्बरमा उनको इभेन्ट कम्पनीले दिल्लीको सिरी फोर्ट अडिटोरियममा इन्डिया फेसन एन्ड ब्युटी अवार्ड कार्यक्रम आयोजना गरेको थियो। तोकिए अनुसार सोनाक्षीले अनलाइन मार्फत कूल २८ लाख १७ हजार भारुको भुक्तानी (चार किस्तामा) पाएकी थिइन्। सोनाक्षीले उक्त कार्यक्रमका लागि प्रोमोशनल भिडियो पनि सार्वजनिक गरेकी थिइन् । तर उनी कार्यक्रम नगएपछी उनी विरुद्द ठगीको केश दर्ता गरिएको थियो l