लगातार दोस्रो जित निकाल्ने योजनामा नेपाल

काठमाडाैँ - एसिसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा कुवेतको सामना गर्दैछ। खेल मलेसियाको किनरारा मैदानमा  नेपाली समय अनुसार दिउँसो पौने १ बजे हुनेछ।

नेपाल आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेकाे छ। पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो। कुवेत भने पहिलो जित निकाल्ने सोचमा रहेकाे छ। कुवेत र बहराइन बीचको पहिलो खेल वर्षाले नतिजा विहीन बनेको थियो।

कुवेतविरुद्धको यस अघिको दुई भेटमा नेपालले जित निकालेको थियो। त्यसैले नेपाल आत्मविश्वासका साथ मैदान उत्रने छ। छनोटको समूह ‘बी’मा नेपाल दुई  अंकका साथ शीर्ष स्थानमा रहँदा कुवेत एक अंक जोडेर दोस्रो स्थानमा रहेकाे छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×