आईसीसी टी-ट्वान्टी वरीयतामा ५ खेलाडी, दिपेन्द्र अलराउन्डरमा पनि

काठमाडौँ - आईसीसीको टी-ट्वान्टी वरीयता अन्तर्गत ब्याटिङतर्फ कुशल भुर्तेल ३७ औँ स्थानमा रहेका छन्। ब्याटिङतर्फ दिपेन्द्र सिंह ऐरी ३९ औँ स्थानमा छन्। दिपेन्द्र अलराउन्डरतर्फ शीर्ष १० मा समेत रहेका छन्। 

ब्याटिङतर्फ नै आशिफ शेख ९९ औँ स्थानमा छन्। ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम शीर्ष स्थानमा छन्। भने ,अलराउन्डरतर्फ अफगानिस्तानका मोहम्मद नावी शीर्ष स्थानमा रहेका छन्। 

बलिङतर्फ कप्तान सन्दीप लामिछाने ३८ औँ स्थान तथा अविनाश बोहरा ८९ औँ स्थानमा छन्। बलिङमा दक्षिण अफ्रिकाका तबरेज सम्सी शीर्ष स्थानमा छन्। 

एकदिवसीयको ब्याटिङतर्फ रोहित कुमार पौडेल ८५ औँ स्थानमा रहेका छन्। बलिङतर्फ कप्तान सन्दीप लामिछाने ४८ औँ स्थानमा रहेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×