कैलाली - बर्दगोरिया गाउँपालिका–६ स्थित काँडा नदीमा डुबेर सोही ठाउँ बस्ने योगेन्द्र मल्लको छोरा ७ वर्षीय आयुस मल्ल र दिपक मल्लको छोरा ८ वर्षीय दिप्सन मल्लको बिहीबार दिउँसो मृत्यु भएको छ ।
नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूको बर्दगोरिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।