मुस्ताङ - तारा एयरको दुर्घटनाग्रस्त विमान ठोक्किएको मुस्ताङको नौरिकोटमा नेपाली सेनाको होलिकप्टर लाने प्रयास भएपनि सफलता हासिल हुन सकेको छैन। सेनाको हेलिकप्टर मौसम खुल्ने पर्खाईमा बसेको बुझिएको छ।
विश्वस्त स्रोतका अनुसार हेलिकोप्टर जोमसोम भन्दा १५ किलोमिटर दूरीमा ल्यान्डिङ गरेको अवस्थामा छ। आज मौसम नखुले जोमसोममा हेलिकोप्टर राखेर भोलिमात्र दुर्घटनाग्रस्त क्षेत्रमा पुग्ने प्रयास हुने स्रोतले बतायो।
कठिन भूगोल भएको क्षेत्रमा दुर्घटना भएकोले पुग्न समस्या भएको बुझिएको छ। स्थलमार्गबाट सुरक्षाफौज उद्धारका लागि खटिएको छ। तर, उक्त क्षेत्रमा पुग्न निकै समय लाग्ने भएकाले आज उद्धार कार्य सुरु गर्न कठिन भएको बुझिएको छ।
श्रोत: रिपोर्टर्स् नेपाल