बुन्डेसलिगामा बायर्न म्युनिखको लगातार दोस्रो जित

काठमाडौँ - उल्फवर्गलाई २-० ले हराउँदै जर्मन बुन्डेसलिगा फुटबलअन्तर्गत गएराति सम्पन्न बायर्न म्युनिखले लगातार दोस्रो जित निकालेको छ।

दोस्रो जित निकाल्ने क्रममा बायर्नका लागि जमल मुसिआला र थोमस मुलरले १-१ गोल गरेका थिए। बायर्नले दुवै गोल पहिलो हाफमा गरेको हो।

दोस्रो जितसँगै बायर्न २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। उल्फवर्ग १ अंक जोडेर १५ औं स्थानमा रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×