रोनाल्डोलाई प्रतिबन्धबाट बचाउने अभियानमा युनाइटेड

काठमाडौँ - म्यानचेस्टर युनाइटेडले फर्वार्ड क्रिस्टियानो रोनाल्डोमाथि लाग्न सक्ने प्रतिबन्धका विरुद्ध लड्ने बताएको छ।

क्लबका प्रशिक्षक एरिक टेन हागले रोनाल्डो माथि लागेको अनुचित तथा हिंस्रक व्यवहारको आरोप अस्वीकार गर्दै उनीमाथि कडा सजाय स्वीकार नगर्ने बताएका छन्।

रोनाल्डोले अप्रिलमा ओल्ड ट्राफोर्डमा भएको एभर्टनसँगको खेलमा हार व्यहोरेपछि ड्रेसिङ रुम जाने क्रममा एभर्टनका समर्थकको मोबाइल खुट्टाले कुल्चिएर फुटाइदिएका थिए। यो घटनालाई लिएर इंग्ल्याण्डको फुटबल संघले छानबिन गरिरहेको छ। र उनीमाथि केही खेलको प्रतिबन्ध लाग्ने खतरा छ।

आफूमाथिको आरोपबारे रोनाल्डोले सोमबारसम्ममा एफएलाई जवाफ दिनु पर्ने थियो। तर यस विषयमा केही पनि प्रतिक्रिया नदिएको क्लबका तर्फबाट बुधबार प्रशिक्षक टेन हागले रोनाल्डो माथि कडा सजाय स्वीकार नगर्ने बताएका हुन्।

घटनापछि रोनाल्डले गल्ती भएको भन्दै माफीसमेत मागेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×