काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोली केन्या भ्रमण सकेर आज स्वदेश फर्किंदै छ। नेपाली टोली आज नेपाल आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
नेपालले घरेलु टोलीबिरुद्धको ५ खेलको टी-२० अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो भने ३ खेलको एकदिवसीय सिरिज ३-० ले क्लिन स्विप गरेको थियो।
नेपाल आएपछि सबै खेलाडी नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि आ-आफ्नो टोलीसँग जोडिने छन्। नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ।