यू-१९ क्रिकेट सुदूरपश्चिम छनोट: डडेल्धुरा फाइनलमा

कञ्चनपुर - कञ्चनपुरमा जारी वाइवाई यू-१९ क्रिकेट सुदूरपश्चिम छनोट  प्रतियोगितामा डडेल्धुरा फाइनलमा प्रवेश गरेको छ। महेन्द्रनगरस्थित खुला मञ्चमा मंगलबार भएको खेलमा डडेल्धुराले कैलालीलाई ६२ रनले पराजित गरेको हो।

टस जितेर पहिला ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित ४० ओभरमा सबै विकेट गुमाएर १ सय ४० रन बनायो। १ सय ४१ रनको लक्ष्य पछ्याएको कैलालीले २६.१ ओभरमा सवै विकेट गुमाउँदै मात्र ७९ रन बनाएको थियो।

डडेल्धुराका लागि कप्तान कैलाश ऐरले २१ बलमा सर्वाधिक २४ रन बनाएका थिए। यस्तै अरुणप्रकाश दानीले ३१ बलमा १७, विकास ऐरले अविजित रहँदै १८ बलमा १७, निर्मल पुन मगरले ३७ बलमा १६, दिपक बोहराले १७  बलमा १४ रनतथा सचीन साउदले २३ बलमा १४ रन बनाएका थिए।

जवाफी ब्याटिङ गर्ने क्रममा कैलालीका लागि नरेन साउदले १४ बलमा सर्वाधिक १८, प्रवेश साउदले २४ बलमा २४, सन्दीप बिष्टले ३९ बलमा १४ र दिनेश ओडले २७ बलमा १४ रन बनाएका थिए। उक्त खेलमा म्यान अफ दी म्याच डडेल्धुराका कृष्ण विष्ट घोषित भए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×