काठमाडौँ - कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (बुधबार) पनि चार खेल हुँदैछन्। बुधबार समूह ई को २ र समूह एफ को २ खेल हुनेछन्।
समूह एफमा रहेका साविक उपविजेता क्रोएसिया र मोरोक्कोबीच पहिलो खेल हुनेछ। यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे बल बायत स्टेडियममा सुरु हुनेछ। दोस्रो खेल समूह ईमा रहेका जर्मनी र जापानबीच हुनेछ। यो खेल खालिफा इन्टरनेसनल स्टेडियममा साँझ पौने ७ बजे सुरु हुनेछ।
समूह ई मै रहेका स्पेन र कोस्टारिबीच आजको तेस्रो खेल हुनेछ। यो खेल राति पौने १० बजेबाट सुरु हुनेछ। खेल अल थुमामा स्टेडियममा हुनेछ। समूह एफमा रहेका बेल्जियम र क्यानडाबीच मध्यराति पौने १ बजे खेल हुनेछ।
यो खेल अहमद बिन अली स्टेडियममा हुनेछ।