गाब्रियल जिसस आर्सनलमा अनुबन्धित हुँदै

काठमाडौँ - इंग्लिस प्रिमियर लिग क्बल म्यानचेस्टर सिटीका स्ट्राइकर गाब्रियल जिसस आर्सनलमा अनुबन्धित हुने पक्का भएको छ।

२५ वर्षीय ब्राजिलका युवा स्टार जिससले पाँच वर्षका लागि आर्सनलसँग सम्झौता गर्न लागेका हुन्। उनलाई भित्र्याउन आर्सनल र सिटीबीच ४५ मिलियन पाउण्डको सहमति भएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन्।

जिसस २०१६ मा सिटीमा अनुबन्ध भएका थिए। सन् २०१७ को जनवरीमा म्यानचेष्टर सिटीमा अनुबन्ध भएका उनले २३६ खेलमा ९५ गोल गरेका छन्। क्लबमा रहँदा उनले चार पटक प्रिमियर लिग उपाधि जित्नुका साथै तीन लिग कप र एफए कपको उपाधि उचालेका छन्। 

जिससको मंगलबार आर्सनलमा मेडिकल जाँच भएको छ। मेडिकल पूरा भएपछि जिससले आर्सनलसँग औपचारिक सम्झौता गर्ने बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×