काठमाडौं । सभामुख देवराज घिमिरेले आज दलका नेताहरुलाई छलफलका लागि बोलाएका छन् । उनले नीति तथा कार्यक्रमको तयारीबारे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेता तथा प्रमुख र मुख्य सचेतकहरूलाई बोलाएका हुन् ।
छलफल दिउँसो २ बजे सभामुख घिमिरेको कार्यकक्ष सिंहदरबारका हुने उनको नीजि सचिवालयले जनाएको छ । सरकारले जेठ १ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जनाएको छ ।
२८ गतेदेखि सुरू भएको संसदको बर्खे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट पेश गर्ने हुनेछ । तर, सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानविन समिति बन्नुपर्ने माग राखेर संसद अबरोध गर्दै आएको छ ।