उदिपुर–मार्कीचोक–भरतपुरको प्रसारणलाइन निर्माण ५० प्रतिशत

काठमाडौँ - मर्स्याङ्दी कोरिडोरअन्तर्गत निर्माणाधीन २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ।

विविध कारणले  यस आयोजनाको निर्माण कार्यमा ढिलाइ हुँदा अझै ५० प्रतिशत निर्माण गर्न बाँकी रहेको आयोजनाका महाशाखा प्रमुख नारायण रेग्मीले बताए। उनका अनुसार लमजुङको उदिपुरदेखि चितवनको भरतपुरसम्म यो प्रसारण लाइन पुग्नेछ। त्यसका लागि १९३ वटा टावर आवश्यक पर्ने उनको भनाइ छ। यीमध्ये हालसम्म १८ टावर खडा भइसकेको छ भने ४५ टावरको जग तयार गर्ने कार्य भएको छ।

‘दोर्दी कोरिडोरका आयोजनाको विद्युत् मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको स्वीचयार्डसम्म पुर्याउनका लागि छ किलोमिटरसम्म यही प्रसारण लाइनको काम अघि बढिरहेको छ। उदिपुरदेखि मध्यमर्स्याङ्दी खण्डको छ किलोमिटर खण्डमा १७ वटा टावर उठाइएकाले आजदेखि तार तान्ने कार्य भइरहेको महाशाखा प्रमुख रेग्मीले बताए।

उनका अनुसार तार तान्ने काम दुई महिनाभित्रमा सम्पन्न हुनेछ। छ किलोमिटर खण्डको निर्माण गत जेठभित्रै सम्पन्न गर्ने लक्ष्य रहेपनि कोरोनाको महामारी रोकथामका लागि लगाइएका निषेधाज्ञालगायत विविध कारण निर्माण अवधि लम्बिएको बताइएको छ। छ किलोमिटर खण्डबाहेक लमजुङकै राइनास नगरपालिकास्थित धमिलिकुवा र आँबुखैरेनीदेखि भरतपुर खण्डमा पनि टावर निर्माणको काम भइरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×