स्विटेक युएस ओपनकाे फाइनलमा, उपाधिका लागि जाबेउरविरुद्ध भिड्ने

काठमाडौँ - विश्व नम्बर १ पाेलिस स्टार इगा स्विटेक युएस ओपन टेनिस प्रतियाेगिताकाे फाइनलमा प्रवेश गरेकी छिन्।

उनले आज बिहान सम्पन्न खेलमा बेलारूसकी आर्यना साबालेन्कालाई २-१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेकी हुन्।

आर्थर एस स्टेडियममा स्विटेकले पहिलाे सेट ३-६ ले गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका सेट ६-१ र ६-४ ले आफ्नो पक्षमा पारिन्।

अब उनले उपाधिका लागि ट्युनिसियाकी ओन्स जाबेउरकाे सामना गर्नेछिन्। जाबेउर फ्रेन्च खेलाडी क्याराेलिना गार्सियालाई ६-१ र ६-३ ले हराउँदै फाइनल प्रवेश गरेकी हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×