काठमाडौँ - श्रीलङ्काको नयाँ राष्ट्रपतिमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिङ्घे निर्वाचित भएका छन्। संसद्मा आज भएको राष्ट्रपतीय निर्वाचनमा एकसय ३४ मतका साथ उनी विजयी भएका हुन्।
सभामुख महिन्दा यापा अबेवर्देनाले सदनलाई निर्वाचन परिणाम सुनाउँदै विक्रमसिङ्घेका मुख्य प्रतिद्वन्द्वी एसएलपिपीका सांसद दुल्लस अलाहापेरुमाले ८२ मत र नेसनल पिपल्स पावर (एनपिपी)की नेत्री अनुरा कुमारा दिसानायकेले तीन भोट पाएका बताए।
श्रीलङ्काको प्रधानमन्त्रीका रूपमा छ पटक सेवा गरेका नवनिर्वाचित राष्ट्रपति विक्रमसिङ्घेले अति कठिन परिस्थितिमा रहेको देशलाई गम्भीर आर्थिक सङ्कटबाट बाहिर निकाल्न आफूले धेरै चुनौतीको सामना गर्नुपर्ने बताएका छन्।